दफा २१
प्रदेश लोक सेवा आयोगको परामर्श लिनु पर्ने
(१) प्रदेशले यस ऐनको अधीनमा रही प्रदेश प्रहरीको सेवा शर्त सम्बन्धी कानून बनाउँदा प्रदेश लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम कानून बनाउँदा देहायका व्यवस्था समेत गर्नु पर्नेछ:- (क) प्रदेश प्रहरीको खुला प्रतियोगिताबाट नियुक्ति गर्नु पर्ने पदमा प्रदेश लोक सेवा आयोगको सिफारिसमा नियुक्ति गर्ने व्यवस्था,
(ख) प्रदेश प्रहरीको पदमा बढुवाको लागि सिफारिस गर्ने समितिमा प्रदेश लोक सेवा आयोगको समेत प्रतिनिधित्व हुने व्यवस्था,
(ग) प्रदेश प्रहरीमा नियुक्ति हुने प्रहरी कर्मचारीले योगदानमा आधारित सेवा निवृत्त सुविधा पाउने व्यवस्था।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश लोक सेवा आयोग गठन नभएसम्मको लागि सो आयोगको काम लोक सेवा आयोगबाट हुनेछ।